काठमाडौँ । सरकारले आगामी वर्ष नयाँ गाडी खरिद नगर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नयाँ गाडी तथा फर्निचर खरिद नगर्ने निर्णय भएको जानकारी दिएका हुन ।
यस्तै, सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगदमै हस्तान्तरण गर्ने जनाएको छ । सवारी साधनको सुविधा पाउनेलाई गाडीको सट्टा नगदै दिने व्यवस्था गरिएको छ ।
सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिने भएको छ।