काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट बजेट भाषण सुरु भएको हो ।
संवैधनिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। जस अनुसार अर्थमन्त्रालयले तयार गरेको बजेट आज सार्वजनिक हुँदै छ।
आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ । तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ ।