लघुवित्तपीडितको समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनरत महिला तथा पीडितहरूको