काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। अघिल्लो दिन बुधबार २१.१९ अंकले घटेको नेप्से परिसूचक आज ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको हो। नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।
यसदिन ३३९ वटा स्क्रिप्सको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये १७७ वटा स्टक्सको मूल्य बढ्दा ८५ वटाको घट्यो। बाँकी १६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १२.४२ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ६.४४,माउन्टेन हाइड्रो नेपालको ५.५१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ३३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। शिवम् सिमेन्टले २७ करोडको कारोबार गर्दा सोलु हाइड्रोपावरले २३ करोड,रिलायन्स स्पिनिंग्स मिल्सले १७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
आज इन्भेस्टमेन्ट र अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका छन्।




















