सेक्युरिटी प्रेस खरिदबारे विस्तृत अनुसन्धान जारी रहेको छ : अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिदसँग सम्बन्धित विषय हाल विस्तृत अनुसन्धानको क्रममा रहेको जानकारी दिएका