काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्।
भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले आगामी असोज १ गते नयाँ दिल्ली प्रस्थान गर्ने भएका हुन्। सरकारी स्रोतका अनुसार उनी असोज १ र २ गते भारतमा रहनेछन्।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य तथा भोटेकोसी विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
भारत बसाइका क्रममा उनले द्विपक्षीय बैठकमा सहभागिता जनाउनेछन्। यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने तथा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।




















