प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफल जारी, राजीनामा दिई मार्गप्रशस्त गर्नुपर्ने माग
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरुबीच अहिले छलफल भइरहेको छ । न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरु प्रधानन्यायाधीश चेम्बरमा पुगेका हुन् । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरु विद्रोहमा उत्रिएपछि