काठमाडौं । सांसद गगन थापाले प्रस्तावित नीति तथा कार्यक्रममा केही नभएको बताएका छन् ।
बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन् ।
उनले नीति तथा कार्यक्रममा संसदमा जति छलफल गरे पनि बजेटमा समावेश नहुने प्रष्ट पारे । थापाले प्रधानमन्त्रीको भिजन अनुसार नीति तथा कार्यक्रम बन्ने नगरेको बताए । उनले तालिका बनाएर अगाडि बढ्नुपर्ने धारणा गरे ।
थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने भने पनि उपचारात्मक कुराले मात्र समाधान नहुने दाबी गरे । उनले निर्वाचन कानुन र राजनीतिक दलको ऐनले गर्दा पनि निर्वाचन महंगो परेको उल्लेख गरे ।




















