काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज शपथ खुवाइँदै छ । राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवलाई बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाइने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जनता समाजवादी पार्टी (जसपा) का उनीहरु मंगलबार मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रचण्ड प्रधानमन्त्री बनेको ६ महिनामा एघारौँपटक गरिएको विस्तारपछि मन्त्रिपरिषद् पूर्ण भएको छ ।



















