काठमाडौं । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको छ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो । त्यसअघि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका थिए । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
बैठकमा संयुक्त समिति (कार्य सञ्चालन)नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।