सांसद दाहालले बोलेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने तीन दलबीच सहमति
काठमाडौं । प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ । शनिवार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो ।