लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा
बुटवल । लुम्बिनीका नेकपा एमाले प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत स्वास्थ्य कमजोर भएकाले राजीनामा दिएको बताउनुभएको छ ।