काठमाडौं । सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।
स्थायी समितिको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता वर्षमान पुनले बताउनुभयो । उहाँका अनुसार समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । उहाँले बुधबारदेखि समर्थन फिर्ता हुने जानकारी दिनुभयो । यसका साथै माओवादीले अझै पनि वैकल्पिक सरकारको सम्भावना कायमै रहेको निष्कर्ष पनि निकालेको छ ।