काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।
यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख हुनुहुन्थ्यो । उहाँहरुलाई आजै पदमुक्त गरिएको थियो ।
काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुनुहुन्थ्यो । उहाँ एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुनुहुन्थ्यो ।
त्यस्तै यादव दोस्रो संविधान सभामा उपाध्यक्ष र उपभामुख हुनुभएको थियो । राप्रपा नेपालबाट उपसभामुख हुनुभएका उहाँ २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गर्नु भएको थियो । ेयादव समानुपातिक सूचीमा रहेपनि सांसद भने हुनु भएको थिएन ।