लोकसेवा आयोगमा रेग्मी र समावेशी आयोगमा डा तिमिल्सेना सिफारिश
काठमाडौँ । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको