बुटवल । लुम्बिनीका नेकपा एमाले प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।
उहाँले आफ्नो व्यक्तिगत स्वास्थ्य कमजोर भएकाले राजीनामा दिएको बताउनुभएको छ । राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’
डाँगीले कम्युनिष्ट आन्दोलन र बृहत् वाममोर्चाको पक्षमा रहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।



















