काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुने कांग्रेस स्रोतले जानकारी दिएको छ । बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यमा कोरोना संक्रमण भएपछि स्थगित भएको थियो ।