काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारको निर्णय मुख्यसचिव शंकरदास बैरागीमार्फत अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई जानकारी गराइएको छ ।
सरकारका मुख्यसचिव बैरागीले राजदूत दाहाललाई टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको जानकारी गराउनुभयो । दाहाल नेकपा माओवादी केन्द्रको कोटामा राजदूत बन्नु भएको हो ।
राजदूत दाहाललाई तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।