पूर्वअर्थमन्त्री प्रकरणः आज अपराह्न ४ बजे समितिले फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने
काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ । आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए