पशुपति क्षेत्रमा बालाचतुर्दशीका लागि सफाइ सुरु
काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिएका छन् ।