८१ जना थपिए कोरोना संक्रमित, १७५ जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८१ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १७५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जना कोरोना संक्रमित थपिएका हुन् ।