विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरे भने उनको विपक्षमा भने ३२ मत रहेको छ ।
कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम २०७९ पुस २९ गते विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएका थिए ।
सोही अनुसार आज बसेको प्रदेश सभा बैठकमा कुल ९३ प्रदेश सभा सदस्य मध्ये मतदान गर्ने संख्या ९२, विश्वासको मतको पक्षमा ५९ र विपक्षमा ३२ मत प्राप्त भएको हो ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले मतदान गरेपछि उनलाई ५९ मत प्राप्त भएको हो ।




















