काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।
उनका अनुसार विमानमा दुई पाइलट, दुईजना एयर होस्टेस र ६८ जना यात्रु सवार छन् । उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन् । विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
अहिलेसम्म २२ जनाको शव फेला परेको छ भने बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।