दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घटना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।