चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको आयोगसमक्ष बयान– ‘आदेश पालना गरेको हुँ’
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्। राणालाई नियन्त्रणमा लिने क्रममा नेतृत्व गरेका एसएसपी खड्काले आयोगसमक्ष आफूले सबै काम आदेशअनुसार गरेको बयान दिएका हुन्।