ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु
भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका–४ मा शनिबार काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र चार जना घाइते भएका हुन्। प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर चाम्लादाङबाट दिङ्लातर्फ आउँदै थियो।