काभ्रे । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहका अनुसार बगाएको स्थानमा मर्मत गरेर बिहान ८:४५ बजेदेखि सवारी आवागमन एकतर्फी रूपमा खुलाइएको हो।
पूर्ण रूपमा सडक सञ्चालन गर्न भने अझै केही समय लाग्ने प्रहरीको भनाइ छ। हालका लागि लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सडकको अवस्थाबारे थप जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।




















