नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ प्रतिवादीको कैद र जरिवाना निर्धारण
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका १६ जना प्रतिवादीको कैद तथा जरिवाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार विभिन्न कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई कसुरअनुसार छुट्टाछुट्टै सजाय निर्धारण गर्दै