बागमतीको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य
काठमाडौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । डोरमणि पौडेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ।