बागमती । बागमती प्रदेशको चालु वर्ष ०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२ औँ बैठक आजको लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताउनुभयो ।
यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।

























