काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ । मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले संसदीय दलबाट बुधबार राजीनामा दिनुभएपछि शाक्य संसदीय दलको नेतामा चुनिनुभएको हो ।
शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने स्रोतले बताएको छ । मुख्यमन्त्री डोरमणि पौड्यालले मुख्यमन्त्रीबाट राजिनामा दिनुहुँदै शाक्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको छ ।























