काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर फाल्ने ठाउँसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।
ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि फोहोर उठाउन नगरपालिका घरदैलोमा आउने सूचनामा उल्लेख गरिएको छ । फोहोर नउठाएपछि काठमाडौंका सडकमा फोहोर थुप्रिन सुरु भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनीस्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ ।

























