धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग रोकिएको छ । सिस्नेखोला र खत्रीपैवाबीचको भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले बताउनुभयो ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले जानकारी दिनुभयो । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर निरन्तर सडक अवरुद्ध हुँदै आएको छ ।

























