काठमाडौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
डोरमणि पौडेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
। शाक्यको आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको छ ।
बुधबार बिहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेशले संसदीय दलको नेता चयन गरेको थियो ।
मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो ।