आज रूपन्देही, बागलुङ र कास्कीमा कांग्रेसका चुनावी सभा, गगन–विश्वले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) एकैदिन तीन जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी कार्यक्रम गर्न लागेको हो। तीनै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहितका शीर्ष नेताहरू सहभागी हुनेछन्।