काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई वटा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका हुन । अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा उम्मेदवारीका लागि चार जनाले फम लगे पनि गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।




















