काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल निष्कर्षविहीन रूपमा टुंगिएको छ।
छलफलबाट तत्काल ठोस सहमति नजुटे पनि दुवै पक्ष पुनः वार्तामा बस्न सकारात्मक देखिएका छन्। छलफलका क्रममा सभापति देउवाले निर्वाचन आयोगमा जाने बाहेक अन्य प्रक्रियामा हस्ताक्षर गर्न आफू इच्छुक नरहेको स्पष्ट पारेका थिए।
सभापति देउवा थप लचक देखिएको दाबी गर्दै नेता रमेश लेखकले भने, “सभापति निकै सकारात्मक हुनुहुन्छ। निर्वाचन आयोगको प्रक्रिया मानिने अवस्थामा निर्वाचनमा टिकट बाँड्ने पत्रमा समेत हस्ताक्षर नगर्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ।”
उनका अनुसार सभापति देउवाको लचकता यसभन्दा बढी सम्भव नरहेको भन्दै यसैलाई आफ्नो ‘बटमलाइन’ बनाइएको छ। छलफलपछि सभापति देउवा र महामन्त्रीद्वय पुनः वार्तामा बस्ने सहमतिमा पुगेका छन्।




















