काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सुरु भएको छ । दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका छन् ।
वैठकमा सभापति थापा उपस्थित छैनन् । उपाध्यक्ष विश्वप्रकाश शर्माको अध्यक्षतामा वैठक बसेको छ । सभापतिको कुसी खाली राखिएको छ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने यसअघि नै बताइसकेका छन् ।




















