सेवानिवृत्त भएको १२ घण्टामै पूर्व–आईजीपी खापुङको विदेश भ्रमणमा रोक
काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय जेनजी आन्दोलनसम्बन्धी छानबिन तथा जाँचबुझ आयोगले गरेको छ। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार बिहीबारदेखि नै लागू हुने गरी आयोगले खापुङको विदेश भ्रमणमा रोक