काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। भदौ ३१ गते भएको निर्णय अनुसार असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो ।
यस सरुवामा धेरै जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी फेरबदल भएको छ। लामो समयदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी अंगुर जीसीलाई बाँके पठाइएको छ, जबकि बाँकेका एसपी रामप्रसाद घर्तीमगरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा गरिएको छ।
बनेपास्थित अपराध अनुसन्धान शाखाका एसपी अनिल कुमार खड्का मधेश प्रहरी गण, धनुषा सरुवा भएका छन्। काठमाडौं प्रहरी परिसरका एसपी अपिल राज बोहरा सशस्त्र प्रहरी गण नं. १ नक्शालमा पठाइएका छन्।
यसरी, एकैपटक गरिएको यो ठूलो संख्याको सरुवाले प्रहरी संगठनमा नेतृत्वको व्यापक हेरफेर ल्याएको छ।
निम्नानुसार सरुवा भएका छन्:






























