यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेका छन्, त्यसलाई परास्त गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार