काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्ला केही दिनदेखि राजनीतिक भेटघाट र संवादलाई तीव्र दिएका छन् । यसै क्रममा आज जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटवार्ता गरेका छन् ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समाजवादउन्मुख समावेशी लोकतन्त्रका लागि आवश्यक कदमबारे विस्तृत छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
दुवै नेताले लोकतान्त्रिक उपलब्धिको संरक्षण गर्दै समृद्ध नेपाल निर्माणमार्फत् समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
























