गगन–विश्व पक्षको दाबी : विशेष महाधिवेशनको उद्घाटन सभापति देउवाले नै गर्नुहुनेछ
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र मतभेद चुलिएको छ। तर विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवा स्वयं कार्यक्रममा