काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन्।
मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै थापाले राष्ट्रप्रति जिम्मेवारी वहन गर्न सक्ने कांग्रेस निर्माण गर्नु आजको मुख्य दायित्व भएको उल्लेख गरे। यही जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढेको उनले बताए।
उनले भने, “राष्ट्रप्रतिको दायित्व पूरा गर्न सक्ने कांग्रेस बनाउनु आज प्रत्येक कांग्रेस कार्यकर्ताको ऐतिहासिक जिम्मेवारी हो। त्यसैले हामी पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेका छौँ।” साथै उनले सबैलाई एकताबद्ध भएर दृढताका साथ यस अभियानमा साथ दिन आग्रह गरेका छन्।

























