मेरो भारत भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शन कोरेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका बिषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम