नयाँदिल्ली । भारतको औपचारिक चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग विहान ११ बजे हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुने बताइएको छ ।
प्रधानमन्त्री दाहालले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुने र सम्झौतापत्रमा हस्ताक्षर हुने छ । केही परियोजनाको उद्घाटन पछि हुने पत्रकार सम्मेलनलाई दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्री दाहालले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
चार दिने औपाचारिक भ्रमणका लागि हिजो नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २० गते स्वदेश फर्किने छन् ।