काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
वालुवाटारमा आज विहान भएको भेटवार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि पार्टी एकताबारे दुई नेताबीच गम्भीर छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असार ४ गते माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लल नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।
समाजवादी मोर्चाको अवधारणा ल्याउने डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीलाई भने मोर्चामा सहभागि गराइएन । मोर्चामा सहभागि नगराइएपछि डा. भट्टराई र उनको पार्टीका नेताहरु असन्तुष्ट बनेका छन् ।
जसपाबाट केही महिना अघि मात्रै फुटेको नेसपालाई मोर्चामा सहभागी नगराउन उपेन्द्र यादवले माग गरेपछि रोकिएको बताइएको छ । प्रधानमन्त्री समेत रहेका मोर्चाका नेता तथा माओवादी अध्यक्ष दाहालले मोर्चामा ल्याउन यादवले असहमति जनाएका कारण हाललाई रोकिए पनि भट्टराईको पार्टी निर्वाचनमा माओवादीको चुनाव चिन्हमा चुनाव लडेको र सो पार्टी माओवादीमै एकता हुने निश्चित प्रायः भइसकेको बताएका छन् ।