काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो ।
तत्कालीन माओवादीका बाल सैनिकहरुका तर्फबाट लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए ।
तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन् ।