लामिछानेका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारेकोप्रति कांग्रेसको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै प्रचार विभाग