काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले गरेका अनुदानका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने स्पष्ट गरेको छ । नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारसँग कुरा गर्दैै यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताएका हुन् ।
बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको भन्दै आलोचना भइरहेका बेला प्रवक्ता महतले भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ । त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न ।’
अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन नभएका त्यसलाई कार्यान्वयन गर्नुपर्ने कांग्रेसको प्राथमिकता रहेको बताएका छन् । चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने डा. महतले बताएका छन् ।